एकीकृत समाजवादीले महाधिवेशनका लागि बनायो १३ समिति 

काठमाडौँ, ५ चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी जेठ ३ देखि ७ गते सम्म यहाँ आयोजना हुने महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न १३ वटा समिति गठन गरेको छ ।

महाधिवेशन व्यवस्थापन समितिको संयोजकमा अध्यक्ष माधवकुमार नेपाल र अतिथि सत्कार समितिको संयोजकमा झलनाथ खनाललाई जिम्मेवारी दिइएको छ । पार्टी अध्यक्ष नेपाल संयोजक रहेको महाधिवेशन व्यवस्थापन मूल समितिमा केन्द्रीय समिति र आयोगका सबै पदाधिकारी रहने व्यवस्था गरिएको छ ।

प्रतिनिधि व्यवस्थापन समितिमा वेदुराम भुसाल, अर्थ परिचालनमा प्रमेश हमाल, संस्कृति तथा कला साहित्य समितिमा रामचन्द्र झा, जनपरिचालन तथा यातायात समितिमा विजय पौडेल, प्रचार– प्रसार समितिमा जगन्नाथ खतिवडा, स्वास्थ्य समितिको जिम्मेवारी नागेन्द्र चौधरी, आवास व्यवस्थापन समितिमा सावित्रा भुसाल, खाद्य व्यवस्थापनमा केदार सञ्जेल, मञ्च व्यवस्थापनमा गंगालाल तुलाधर, स्वयंसेवक परिचालनमा केशवबहादुर विष्ट र सचिवालय व्यवस्थापनमा घनश्याम भूसाललाई संयोजक तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको

काठमाडौँ, ३ माघ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । आज पार्टी

काठमाडौँ, ३ माघ । सर्वोच्च अदालतको संवैधानिक इजलासले निकुञ्ज तथा संरक्षित क्षेत्रमा पूर्वाधार निर्माण गर्न पाउने कानुनलाई खारेज गरेको छ ।

काठमाडौँ, ३ माघ । अनुसन्धानबाट यकिन भएको तीन करोडसम्मको राजस्व चुहावटसम्बन्धी कसुरमा कुनै पनि व्यापारिक फर्म, निकाय वा व्यक्तिले बिगो