नयाँ दिल्ली, ४ चैत । बलिउड अभिनेत्री करिना कपुरले साउथ फिल्ममा डेब्यु गर्ने भएकी छन् ।
उनको हातमा साउथको बिग बजेटको फिल्म भएको बताइएको थियो । यसबारे अभिनेत्रीले आफ्नो मौनता तोडेकी छिन् । रेडिटको एउटा एकाउन्टमा करीनाको एउटा भिडियो शेयर गरिएको छ । यसमा अभिनेत्रीले दक्षिण भारतीय फिल्ममा आफ्नो डेब्यूबारे कुरा गरिरहेकी छिन् ।
‘मैले भनेजस्तै अब म साउथको ठूलो फिल्म गर्न सक्छु… ….. म यो पहिलो पटक यस्तो गर्दैछु,’ उनले भिडियोमा भनेकी छिन् । यसै वर्ष जनवरीमा इन्डिया टुडेले यशको टक्सिकमा करिनाले मुख्य भूमिका निर्वाह गर्ने बताएको थियो । करीनालाई लिएर निर्माताहरू निकै उत्साहित रहेको र उनलाई फिल्ममा साइन गर्न कुराकानी थालेको फिल्ममा भनिएको थियो ।