एजेन्सी, ४ चैत । अमेरिकाका खर्बपति व्यापारी एलन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनी स्पेसएक्सले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका लागि जासुसी उपग्रहहरूको नेटवर्क बनाइरहेको छ ।
गोप्य जानकारीका अनुसार मस्कको कम्पनी स्पेसएक्सले अमेरिकाको गुप्तचर एजेन्सी युएस नेशनल रिकोनिसेन्स अफिससँगको सहकार्यमा यो परियोजनामा काम गरिरहेको छ ।
यो परियोजनाको लागत १ अर्ब ८० करोड डलर रहेको छ । यसअन्तर्गत स्पेशएक्सले जासुस गर्ने कयौँ भू–उपग्रहहरूलाई अन्तरिक्षमा पठाउने छ । यी भू–उपग्रहरूको सहयोगले विश्वका हरेक कुनाको निगरानी गरिने बताइएको छ ।