‘अगस्त्य’ हेर्दा महिला दर्शकले टिकटमा छूट पाउने

काठमाडौँ, ४ चैत । सौरभ चौधरी निर्देशित फिल्म ‘अगस्त्य’ले प्रदर्शनको तेस्रो सातामा महिला दर्शकलाई टिकटमा छूट दिने घोषणा गरेको छ । 

निर्माताले शनिबार विज्ञप्ति जारी गर्दै महिलाjले समाजमा खेल्ने महत्वपूर्ण भूमिका र योगदानलाई सम्मान गर्दै छूटको व्यवस्था गरिएको जनाएका छन् ।

यो फिल्म पनि महिलाको कथाव्यथामा आधारित छ । नेपालबाट भारतमा बेचिने नेपाली महिलाको कथावस्तुमा फिल्म बनेको छ । निर्माताले पहिलो र दोस्रो सातामा सकारात्मक ‘वर्ड अफ माउथ’ प्राप्त भएको र तेस्रो सप्ताहन्तमा समेत राम्रो कमाइ गरेको जनाएका छन् ।

विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेल निर्माता हुन् । फिल्मलाई डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टले संयुक्तरुपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि राखिएको तितेकरेलामा अत्यधिक विषादी भेटिएको छ । 

काठमाडौँ, १४ बैशाख । ललितपुरको बडीखेलस्थित रिह्‌याब सेन्टरमा राखिएका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएका

दाङ, १४ बैशाख ।  दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य

मुस्ताङ, १४ बैशाख । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि