लेक लागेर भारतीय नागरिकको मृत्यु

मुस्ताङ, ४ चैत । मुस्ताङमा लेक लागेर एकजना भारतीय नागरिकको मृत्यु भएको छ ।

मुस्ताङ प्रहरीका अनुसार राति साढे २ बजे हैदराबाद घर भएका ८३ वर्षीय बि नारायणको मृत्यु भएको हो । उनी ४१ जनाको टोली सहित मुस्ताङ पुगेका थिए ।

मुक्तिनाथ दर्शन गरेर जोमसोममा बास बस्ने क्रममा एक्कासि उनलाई श्वासप्रश्वासको समस्या भएको थियो । समस्या भएपछि जिल्ला अस्पताल लगिएको र उपचारकै क्रममा मृत्यु भएको मुस्ताङ प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । नक्कली नोट देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको

काठमाडौँ, ५ असोज । कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-९ बस्ने ४५ वर्षीय झेलु भन्ने नवीन चौधरीलाई

काठमाडौँ, ५ असोज । पर्सामा प्रहरीले ३० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार राति १० बजे दुई

काठमाडौँ, ५ असोज । दार्चुलामा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुहुँ