काठमाडौँ महानगरले ३ सय योग प्रशिक्षक उत्पादन गर्दै

काठमाडौँ, ३ चैत । काठमाडौँ महानगरपालिकाले योग प्रशिक्षकका लागि तालिम कार्यक्रम थालेको छ । 

आजदेखि ‘महानगर : स्वर्णिम योजना’ कार्यक्रम अन्तर्गत योग प्रशिक्षक उत्पादन गर्ने लक्ष्यका साथ काठमाडौँमा तालिम कार्यक्रम सुरु गरिएको महानगरपालिकाले जनाएको छ । 

महानगरपालिकाको स्वास्थ्य विभागले कार्यान्वयनमा ल्याएको ‘आरोग्य जीवन कार्यक्रम’ अन्तर्गत वडा वडामा, टोल टोलमा योग कक्षा सञ्चालन गर्ने प्रशिक्षक उत्पादन गर्न प्रशिक्षण कार्यक्रम अघि बढाएको हो । कार्यक्रमका फोकल पर्सन ज्ञानबहादुर ओलीका अनुसार एक समूहमा ३० जना राखेर प्रशिक्षण प्रदान गरिँदैछ । यसरी ३ सय जना प्रशिक्षक उत्पादन गर्ने लक्ष्य लिइएको छ । 

प्रशिक्षणका विषयमा योगले कुन अवस्थामा कसरी काम गर्छ भन्ने कुराका सैद्धान्तिक ज्ञान र व्यवहारिक अभ्यास राखिएको छ । यसरी दिइने तालिममा १५ वटा कक्षा राखिएका छन् । जसमा योग चिकित्साको अवधारणा, मधुमेह, मोटोपन, मुटु रोग, उच्च रक्तचाप, श्वासप्रश्वास र तनाव व्यवस्थापनका लागि कुन योग उपयोगी हुन्छ विषयमा सिकाइने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि राखिएको तितेकरेलामा अत्यधिक विषादी भेटिएको छ । 

काठमाडौँ, १४ बैशाख । ललितपुरको बडीखेलस्थित रिह्‌याब सेन्टरमा राखिएका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएका

दाङ, १४ बैशाख ।  दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य

मुस्ताङ, १४ बैशाख । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि