पीएचडी गरिरहेका विद्यार्थीलाई शोधपत्र बुझाउने समय थप

काठमाडौँ, ३ चैत । त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकाय डीनको कार्यालयले विद्यावारिधि (पीएचडी) शोधपत्रका लागि एक वर्ष समयावधि थप गरेको छ । 

शैक्षिक सत्र २०६९ देखि २०७२ सम्म सोझै विद्यावारिधि तहमा भर्ना भई हाल सम्म शोधकार्य गरिरहेका शोधार्थीहरुका लागि शोधप्रवन्ध बुझाउने समय २०८१ को चैत मसान्तसम्म थप गरिएको हो । 

अन्तिम पटकको लागि समयावधि थप गरिएकोले विद्यावारिधि शोधार्थीले शोध निर्देशकको निर्देशनमा आफ्नो अनुसन्धान कार्य सम्पन्न गर्न भनेको हो । नियमानुसार लाग्ने सम्पूर्ण शुल्क चुक्ता गरी मिति २०८१ चैत्र मसान्त सम्ममा विद्यावारिधि शोधप्रवन्ध मौखिक परीक्षाका लागि बुझाउनुपर्ने डीन प्राडा चित्र बहादुर बुढाथोकीले जारी गरेको सूचनामा उल्लेख छ। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर