गठबन्धन कार्यदलको बैठक बस्दै

काठमाडौँ, ३ चैत । सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम निर्माणका लागि गठन गरिएको कार्यदलको बैठक आज बिहान बस्ने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ः३० बजे कार्यदलको बैठक बस्न लागेको हो । कार्यदलले हिजो नै साझा न्यूनतम नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिएको छ । गठबन्धनका शीर्ष नेताहरूसमक्ष छलफलका लागि प्रस्तुत गर्नु अघि कार्यदलका सदस्यहरू छलफलमा जुट्न लागेका हुन् । 

कार्यदलले मस्यौदा बुझाएसँगै शीर्ष तहमा नेताहरूले आन्तरिक छलफल गरी सरकारले मन्त्रिपरिषद्बाट पास गरेपछि साझा न्यूनतम कार्यक्रम कार्यान्वयनमा जाने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० फागुन । सिन्धुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिन्धुलीको सिन्धुलीको कमलामाई नगरपालिका–४

काठमाडौँ, २० फागुन । नेपाल एयरलाइन्सले साउदीको दमाम र कतारको दोहामा निर्धारित उडान रद्द गरेको छ । नेपाल एयरलाइन्सले आज

काठमाडौँ, २० फागुन । गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भोली निर्वाचन दिन हवाई गस्ती गर्ने निर्णय गरेको छ । गृह

काठमाडौँ, २० फागुन । बजारमा स्ट्रबेरीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज स्ट्रबेरीको