शैतानको कलेक्शन ८० करोड भारु नजिक

काठमाडौँ, ३ चैत । बलिउड फिल्म ‘शैतान’ले भारतीय हलहरूमा तहल्का मच्चाइरहेको छ ।

अजय देवगन र आर माधवनको शीर्ष भूमिका रहेको फिल्मले गएको हप्तादेखि बक्स अफिसमा फिल्मको एकलौटी नियन्त्रण छ । ‘शैतान’ले दिनहुँ हरेक दिन करोडौं रुपैयाँ कमाइरहेछ । अजय देवगनको फिल्मले ६ दिनमा घरेलु बक्स अफिसमा ७० करोडको आँकडा पार गरेको छ ।  

पहिलो दिनदेखि नै बक्स अफिसमा फिल्मको कमाई शानदार थियो । यो चलचित्रले पहिलो दिन १४ करोड ७५ लाख भारु कमाएको थियो । दोस्रो देखि छैटौँ दिनसम्म फिल्मले क्रमशः १८ करोड ७५ लाख भारु, २० करोड ५ लाख भारु, ७ करोड २५ लाख भारु, ६ करोड ५ लाख भारु र ६ करोड २५ लाख भारु करोड कलेक्सन गरेको छ । फिल्मको सातौँ दिनको कमाइको प्रारम्भिक तथ्याङ्क बाहिर आएको छ ।

स्याकनिल्कको रिपोर्टअनुसार शैतानले बिहीबार अर्थात् सातौँ दिन देशभर ५ करोड ७५ लाख भारुको व्यापार गरेको छ । यो प्रारम्भिक अनुमान भएकोले आधिकारिक तथ्याङ्क आएपछि तथ्यांकमा केही परिवर्तन हुनसक्छ । योसँगै घरेलु बक्स अफिसमा अहिलेसम्म ७९ करोड ७५ लाख भारुको व्यापार गरिसकेको छ । फिल्म छिट्टै भारतमा सय करोड क्लबमा छिर्नेछ ।

फिल्मले भारतमा मात्रै नभएर विदेशमा पनि तगडा कमाई गरिरहेको छ । फिल्मले ६ दिनमै १०८ करोड कमाएको थियो । शैतान गुजराती फिल्म वाशको हिन्दी रिमेक हो । यसलाई विकास बहलले निर्देशन गरेका हुन् । फिल्ममा अजय देवगनका अलावा ज्योतिका र जानकी बोडिवालाको पनि महत्त्वपूर्ण भूमिका छ । फिल्ममा आर माधवन खलनायकको रूपमा देखा परेका छन् । फिल्ममा उनको अभिनयको निकै चर्चा भइरहेको छ । आर माधवनले पहिलो पटक फिल्ममा यस्तो खतरनाक भूमिका निभाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । सांसद उर्मिला माझीले श्वेता खड्का फाउन्डेसनको ऋणमा सिन्धुपाल्चोकको माझी बस्ती लिलामीमा पर्न लागेको भन्दै जोगाउन संसद्को

काठमाडौँ, १४ बैशाख । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको भ्रमण दल बेलायत प्रस्थान गरेको छ ।  बेलायतको सर्वोच्च अदालत र अन्य अदालतहरूको औपचारिक

काठमाडौँ, १४ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि तयार पारिएको नयाँ ‘चलचित्र ऐन’

काठमाडौँ, १४ वैशाख । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।  सवा १ बजे बस्ने बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले