नेपाल हङकङसित ७३ रनले पराजित

काठमाडौँ, २६ फागुन । मैत्रीपूर्ण ट्वान्टी–२० क्रिकेटमा नेपाल हङकङसित ७३ रनले पराजित भएको छ ।

शनिबार हङकङमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१२ रन बनाएको थियो । जवाफमा भ्रमणकारी नेपालले १६.४ ओभरमा अलआउट हुनुअघि १३९ रन मात्र बनाउन सक्यो । 

हङकङको जितमा बाबर हायातले विस्फोटक पारी खेले । ४९ बलमा १३ छक्का र तीन चौकाको मद्दतमा उनले ११० रनको योगदान गरे । अन्सी राथले ३९, मार्टिन कोट्जेले ३१, अयाज खानले अविजित २१ रन जोडे । राष्ट्रिय टोलीबाट यही खेलमार्फत ट्वान्टी–२० मा ‘डेब्यु’ गरेका नेपालका आकाश चन्दले तीन र आरिफ शेख, प्रतिश जिसी र राशिद खानले एक/एक विकेट लिए ।

नेपालको पारीमा विनोट भण्डारीले सर्वाधिक ४२ रन जोडे । आरिफ शेखले ३८, कप्तान रोहित पौडेलले ३० रन बनाए । अरू कुनै खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । हङकङका ऐजाज खानले चार, इसान खानले तीन र एटीक इक्बाल र नर्सुल्ला रानाले समान एक विकेट लिए । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली त्रिकोणात्मक शृंखला खेल्न बिहीबार हङकङ गएको हो । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक ट्वान्टी–२० शृंखला सुरु हुँदै छ । नेपालले हङकङसित एउटा मैत्रीपूर्ण खेल खेलेको हो ।

त्रिकोणात्मक शृंलामा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्नेछ । यस्तै, नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग अर्को खेल खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक शृङ्खलाको फाइनल खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौँडा, २४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले पार्टीको ह्विप उल्लङ्घन गरेको आरोपमा आफ्ना ५ जना

काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका आन्तरिक विवाद र मतभेदका विषयलाई संवादको माध्यमबाट समाधान

मकवानपुर, २४ भदौ । जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुरगढी गाउँपालिकामा वडा नं ३ का ६ भूमिहिन सुकुम्बासी परिवारलाइ

काठमाडौँ, २४ भदौ । हालै आएको बाढीका कारण आपूर्ति प्रणालीमा परेको असरले काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति केही असहज भएको