इन्डोनेसियामा बाढीपहिरोमा परि तीन जनाको मृत्यु, दश जना बेपत्ता

एजेन्सी, २६ फागुन । अत्यधिक वर्षापछिको बाढी र पहिरोमा परेर इन्डोनेसियामा थप तीन जनाको मृत्यु भएको छ । घटनामा १० जना बेपत्ता भएका छन् । स्थानीय विपद् व्यवस्थापन निकायका एक वरिष्ठ अधिकारीले पश्चिमी सुमात्रामा घटना भएको जानकारी गराएका छन् ।

बिहीबारको भारी वर्षाले प्रान्तका १० जिल्ला र सहरमा बाढी र पहिरोको कारण पुलहरू भत्किएका र घरहरू डुबानमा परेको प्रान्तीय विपद् व्यवस्थापन तथा न्यूनीकरण एजेन्सी फजर सुकमाको आपत्कालीन इकाईका प्रमुखले बताएका छन् ।

बाढीले सडक डुबानमा परेको, यातायात अवरुद्ध भएको र हजारौँ मानिस प्रभावित र विस्थापित हुन बाध्य भएको उनले बताए । ‘पेसिसिर सेलाटन रिजेन्सीमा एक जनाको मृत्यु भएको छ भने अन्य नौ जना बेपत्ता भएका छन्, र परियामन रिजेन्सीमा दुई जनाको मृत्यु भएको छ र अर्का एक जना बेपत्ता छन्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्