परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ राजदूत सोङबीच भेटवार्ता 

काठमाडौँ, २४ फागुन । नेपालमा लागि चिनियाँ राजदूत चेन सोङले नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गरेका छन् ।

भेटवार्ता बिहीबार दिउँसो सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रेष्ठलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिएको भोलिपल्ट चिनियाँ राजदूत उनलाई भेट्न गएका हुन् । 

भेटमा चिनियाँ राजदूतले परराष्ट्र मन्त्रीको जिम्मेवारी पाएकोमा श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए । परराष्ट्रमन्त्री श्रेष्ठ र राजदूत सोङबीचको भेटवार्तामा नेपाल–चीन द्विपक्षीय हितका विषयमा छलफल भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ मंसिर । नेकपा एमालेले सचिवालय बैठक आज बस्ने भएको छ ।  दिउँसो ४ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा

काठमाडौँ, २४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले गरेको अलोकतान्त्रिक,

काठमाडौँ, २४ मंसिर । गृहमन्त्री रमेश लेखकले अपराध गर्ने जोसुकैलाई पनि कानुनको दायराभित्र ल्याउने बताएका छन् ।  आज सुर्खेतको वीरेन्द्रनगरमा

झापा, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका- ३, स्थित बेलडाँगी खानेपानी आयोजनाको आज उद्गघाटन गरेका छन्