काठमाडौँ, २३ फागुन । जनता समाजवादी पार्टी नेपाल तत्काल सरकारमा नजाने भएको छ ।
बालुवाटारमा बसेको गठबन्धन बैठकमा कुरा नमिलेका कारण साे पार्टी तत्काल सरकारमा नजाने भएको हो । जसपाका कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह यादवले मधेश प्रदेशको सरकार समेत सुनिश्चित नभएका कारण तत्काल सरकारमा नजाने बताए । जसपाका अध्यक्ष उपन्द्र यादवका अनुसार छलफलमै रहेको र निष्कर्षमा पुगिनसकेकोबताए ।