हाइटीका प्रधानमन्त्री एरियल हेनरी पोर्टो रिकोमा

एजेन्सी, २३ फागुन । सशस्त्र समूहले जारी राखेका आक्रमण र आन्दोलनका कारण हाइटीका प्रधानमन्त्री एरियल हेनरी आफ्नो देश फर्कन नसकेपछि अमेरीकी क्षेत्र पोर्टो रिको पुग्नुभएको छ ।

बीबीसीका अनुसार उहाँ अमेरिकी राज्य न्यु जर्सीबाट पोर्टो रिकोको राजधानी सान जुआन पुग्नुभएको हो ।  उहाँ देशमा नहुँदा हाइटीमा हिंसा बढिरहेको छ । सशस्त्र समूहले प्रधानमन्त्री हेनरीलाई अवतरण गर्नबाट रोक्न अन्तर्राष्ट्रिय विमानस्थलमा कब्जा गर्न खोजिरहेका थिए ।  हाइटीमा भइरहेको समस्या समाधानमा प्रधानमन्त्री निष्क्रिय भएको सङ्केत गरेको खबरमा उल्लेख छ ।

यसका कारण हाइटी असफल राज्य बन्न सक्ने आँकलन गरिएको छ । सशस्त्र समूहले प्रधानमन्त्रीले पद त्याग गर्नुपर्ने माग राखेर आन्दोलन गरिरहेका हुन् । उनीहरुले देशको राजधानीको ८० प्रतिशत भूभाग कब्जा गरेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ मंसिर । नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि भर्ना खुलाएको छ ।  भर्ना छनौट निर्देशनालयले आज एक  सूचना

काठमाडौँ, २८ मंसिर । वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा उडान नरोक्ने जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकोप्टर उडानमा रोक

काठमाडौँ, २८ मंसिर । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । बिहीबार संघको भर्चुअल माध्यमबाट बसेको बैैठकले

काठमाडौँ, २८ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य यसप्रकार तोकेको छ ।