कांग्रेसले कसैलाई प्रधानमन्त्री अफर गरेको छैन : महामन्त्री शर्मा

काठमाडौँ, २३ फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले कसैलाई प्रधानमन्त्री अफर नगरेको स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले अमुक व्यक्तिलाई प्रधानमन्त्री अफर गरेकोबारे प्रश्नहरू आएको भन्दै उनले कसैलाई कुनै प्रस्ताव नगरिएको बताए । शर्माले लेखेका छन्, ‘नयाँ गठबन्धनलाई संविधान रक्षा र जनहितमा कार्य गर्न शुभकामना । नयाँ परिस्थितिमा जिम्मेवार प्रतिपक्षको भूमिका तयारीमा छौँ हामी । केही पत्रकार मित्र सोधिरहनु भएको छ– के कांग्रेसले फलानालाई प्रधानमन्त्री अफर गरेको हो ? स्पष्ट गरौँ- कसैलाई पनि यस्तो प्रस्ताव गरिएको छैन !’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, २५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ड एन्ड रोड इनिसिएटिभ (बीआरआई) ऋण वा अनुदान दुवै हुन सक्ने बताएका छन् ।

काठमाडौँ, २४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले गरेको अलोकतान्त्रिक,

काठमाडौँ, २४ मंसिर । गृहमन्त्री रमेश लेखकले अपराध गर्ने जोसुकैलाई पनि कानुनको दायराभित्र ल्याउने बताएका छन् ।  आज सुर्खेतको वीरेन्द्रनगरमा

झापा, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका- ३, स्थित बेलडाँगी खानेपानी आयोजनाको आज उद्गघाटन गरेका छन्