फेसबुक अवरुद्धबारे के भन्छ मेटा ?

काठमाडौँ, २३ फागुन । मेटाले फेसबुकसहित समाजिक सञ्जालमा देखिएको समस्या समाधान गरिएको जनाएको छ । मंगलबार राति अचानक फेसबुक, मेसेन्जर, इन्स्टाग्रामसहितका सामाजिक सञ्जालमा समस्या देखिएको थियो । न्युयोर्क टाइम्सका अनुसार फेसबुकमा करिब दुई घण्टा समस्या देखिएको थियो । विश्वभरका प्रयोगकर्ताको गुनासोपछि मेटाले फेसबुकसहितका प्लेटफर्ममा देखिएको प्राविधिक समस्याको समाधान गरिएको बताएको छ ।

मेटाका प्रवक्ता यान्डी स्टोनले एक्समा भनेका छन्, “आज केहीबेर प्राविधिक समस्याका कारण हाम्रा केही सेवामा प्रयोगकर्ताहरूले पहुँच पाउन सकेका थिएनन् । हामीले जतिसक्तो चाँडो समस्याको समाधान गरिसकेका छौँ । पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ ।” उनले प्राविधिक समस्या के कारण देखियो भन्नेबारे खुलाएका छन् । अहिले धेरै प्रयोकर्ताहरूको फेसबुक खुलिसकेको छ । तर, केही प्रयोगकर्ताहरूले अझै आफूहरूले समस्या भोगिरहेको गुनासो गरेका छन्

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । कञ्चनपुरमा बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार बेलौरी नगरपालिका-५

काठमाडौँ, ५ जेठ । जनकपुरमा कारले मोटरसाइकलमा ठक्कर दिंदा एक जना जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजधानी जनकपुर अनलाइनमा

काठमाडौँ, ५ जेठ । नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जनालाई संयुक्त अरब इमिरेट्स (यूएई) बाट पक्राउ गरी नेपाल

काठमाडौँ, ५ जेठ । ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको कार कान्तिलोकपथ सडकखण्डमा दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार