हिमपात र भारी वर्षाले पाकिस्तानमा ३५ जनाको मृत्यु

एजेन्सी, २२ फागुन । पाकिस्तानमा हिमपात र भारी वर्षाका कारण ३५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बालबालिका पनि परेका छन् । जमिन भासिँदा कयौँ भवनहरू माटोले पुरिएका छन् । देशको उत्तरी र पश्चिमी क्षेत्रमा भारी हिमपात र वर्षाका कारण सडक अवरुद्ध हुनुका साथै सयौँ घर डुबानमा परेका छन् ।

मार्चमा अचानक हिमपात र भारी वर्षा भएपछि मौसमविद्हरू पनि आश्चर्यमा परेका छन् । स्थानीयहरू पनि छक्क परेका छन् । उत्तर पश्चिम खैबर पख्तूनख्वामा भारी वर्षाका कारण कम्तीमा पनि १५० घरहरू पूरै ध्वस्त भएका छन्  भने ५०० भवनहरूमा क्षति पुगेको बताइएको छ । सबैभन्दा धेरै क्षति खैबर पख्तुनख्वाको  बलुचिस्तान प्रान्तमा भएको छ । यहाँका केही जिल्लामा विद्युत् आपूर्ति पूरै ठप्प भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले साँच्चैको मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डीन र क्याम्पस प्रमुखहरुको

काठमाडौँ, २७ मंसिर । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । आज काठमाडौँ

काठमाडौँ, २७ मंसिर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यमा क्षेत्रमा गरिएको लगानीलाई व्यवस्थित गर्न आवशक रहेको बताएका छन् । 

काठमाडौँ, २७ मंसिर । आज बजारमा सुन चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन