फ्रान्स गर्भपतनलाई संवैधानिक अधिकार दिने पहिलो देश

एजेन्सी, २२ फागुन । गर्भपतनलाई संवैधानिक अधिकार बनाइएसँगै फ्रान्स संविधानमा गर्भपतनको अधिकार समावेश गर्ने विश्वको पहिलो देश बनेको छ । फ्रान्सेली संसद्का सदस्यहरूले यसका लागि संवैधानिक संशोधनलाई अनुमोदन गरेका छन् ।

गर्भपतनलाई संवैधानिक अधिकार बनाउन फ्रान्सको सन् १९५८ को संविधान संशोधन गरिएको थियो।यसबाट महिलालाई गर्भपतन गराउने स्वतन्त्रता दिइएको छ । फ्रान्सको संसद्मा यो संशोधनको पक्षमा ७ सय ८० मत परेको थियो भने विपक्षमा ७२ मत परेको थियो ।

संशोधन पारित हुनेबित्तिकै संसद्का सदस्यहरुले उठेर स्वागत गरेका थिए । राष्ट्रपति इमानुएल म्याक्रोनले यसलाई फ्रान्सका लागि गौरवको विषय भन्दै यो संविधान संशोधनले विश्वलाई सन्देश दिने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ कार्तिक । लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट

काठमाडौँ, २१ कार्तिक । बजारमा तने बोडीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज

काठमाडौँ, २१ कार्तिक । डोल्पा जिल्लाबाट यस वर्ष २ करोड २० लाख रुपैयाँभन्दा बढीको स्याउ निर्यात भएको छ ।  राष्ट्रिय

काठमाडौँ, २१ कार्तिक । जागिरको प्रलोभन देखाएर अनलाइन ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा