माओवादीसँगको गठबन्धन कांग्रेसलाई महङ्गो सावित भयो : शेखर कोइराला

काठमाडौँ, २२ फागुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले माओवादी केन्द्रसहितका दलहरुसँगको गठबन्धन कांग्रेसका लागि महंगो सावित भएको बताउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससहितका दलहरुसँगको गठबन्धन तोड्दै हिजो एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा)सँगको नयाँ गठबन्धन गरी नयाँ सरकार सञ्चालनका शुरुवात गर्नुभएको थियो । सोही विषयमा केन्द्रीत रही नेता कोइरालाले सत्ताको लागि जेपनि गर्ने माओवादीसँगैको गठबन्धन कांग्रेसको लागि महंगो सावित भएको उल्लेख गर्नुभएको हो । उहाँ विगतमा पनि कांग्रेसले माओवादीसँग गठबन्धन गर्न नहुने पक्षमा हुनुहुन्थ्यो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘राजनीतिमा गठबन्धन वन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो तर हिजोको घटना सामान्य होईन । कमजोर,अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महङ्गो सावित भयो। यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि ? भविष्यको लागि सजग बनौं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ मंसिर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय कक्षा १२ उत्तीर्ण हुने बित्तिकै विद्यार्थी बिदेसिने

काठमाडौँ, १९ मंसिर । नेपाल र चीन सरकारबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको छ ।  मंगलबार नेपाल र चिनियाँ पक्षका उच्चस्तरीय

बेइजिङ, १९ मंसिर । चीनको औपचारिक भ्रमणमा रहेका  प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एन्ड रोड इनिसियिटभ (बीआरआई)बाट नेपालले लाभ लिने

काठमाडौँ, १९ मंसिर । शिखर धवनले अर्धशतक प्रहार गरेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौँ गुर्खाजलाई १५० रनको लक्ष्य