अवरोधका ‘काँडा’ पन्छाउँदै सफलताको शिखर चुम्ने ‘महेश बस्नेत’

नेपाली युवाको मात्र हैन, नेपाली राजनीतिको मियो (केन्द्रविन्दु) हो, एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत । उहाँ विगत, वर्तमान र भविष्यलाई नियालेर पार्टी र संगठनको नेतृत्वलाई सफल अवतरण गराउने कुशल पाइलटको रुपमा स्थापित नेता हो । भनिन्छ, ‘हरेक सफल व्यक्तिको पछाडि केही दुस्मन हुन्छ, अराजक व्यक्ति हुन्छन् ।’ यसर्थ, हिजो केपी ओलीलाई स्वास्थ्यमा समस्या हुँदा स्ट्रेचरमा राखेर भएपछि पार्टी अध्यक्ष र प्रधानमन्त्री बनाउनुपर्छ भन्दै आफ्नो पदलाई समेत दाउमा राखेर आन्दोलनको नेतृत्व गर्नुभयो । नेकपा हुँदा केपी ओलीलाई पार्टीबाट निस्काशन गर्दा होस् वा माओवादीले १० वर्षे आतंकवादी आन्दोलन गर्दा होस्, एमाले बचाउने खम्बा हो, एमालेको नयाँ जीवन्त हो, महेश बस्नेत ।

सफल व्यक्तिको पछि दुई चार जना खुट्टा तान्ने मान्छे लाग्नु स्वभाविक हो । त्यो त केवल खहरे खोला हो, एक छिनमा आउँछ, अनि एकै छिनमा सुक्छ । त्यस्तै हो, महेश बस्नेतका विरुद्धमा भित्री अभियान चलाउनेहरु । हामी युवा तथा नेपाली जनतालाई थाहा छ, झुटको आयु छोटो हुन्छ, सत्यको आयु लामो हुन्छ र दिर्घकालिन हुन्छ । महेश बस्नेत एमाले र युवाको धरोहर हो, युवाको पर्यायवाची नाम हो । जुन स्थापित बनिसकेको छ, कसैले मेटाउन सक्ने तागत छैन । त्यसैले हामी युवा महेश बस्नेत र एमालेको राजनीति इट्टा थप्नेछौं, विरोधीको लागि १० रेक्टरको भुकम्प ल्याउन तयार छौं । तीनिहरुको राजनीति, पारिवारिक, आर्थिक तथा सामाजिक हैसियत राम्रै बुझेका छौं । हविगत के हो रु भन्ने हामीसँग प्रमाणहरु सुरक्षित छन्, आवश्यकता अनुसार सार्वजनिक गर्नेछौं । त्यसपछि उसको राजनीतिक, सामाजिक र पारिवारिक अवस्था कस्तो हुन्छ रु त्यो भविष्यले नै बताउनेछ ।

नेपाली युवाहरुको रक्तसञ्चार र अभिभावक हो महेश बस्नेत । महेश बस्नेतलाई हराउने र पछाडि धकेल्न खोज्नेहरुले त भक्तपुरमा आँखा खोलेर हिड्ने हैसियत पनि छैन । जसले डोर्याएर हिँडायो, उसैलाई पछाडिबाट छुरा हान्न खोज्नेको जमात पनि देखिएकै छ । जुन उग्रवादी तथा निच सोच बोकेका राजनीतिक तस्कर र भ्रष्टहरु हुन् भन्ने कुरा खुल्ला किताव जस्तै छर्लङ्ग छ । तीनिहरु पनि राजनीति नै गर्ने हो भने हामी जस्ता कार्यकर्ताहरुको साथ अवश्य नै चाहिन्छ होला । तर हेक्का रहोस्, हामीले क्याल्कुलेटरमा हिसाव थिचेर गरिरहेका छौं । त्यसको समय अनुसार सावाँ र व्याजसहित देखाउने नै छौं ।

महेश बस्नेतको बोली अलि पिरो होला, नेपाली युवा र राष्ट्रको लागि हिरो हो । भनिन्छ, ‘जीन्दगीमा चरेस खानु तर हरेस नखानु’ । त्यसैले परिस्थिती अनुसार चरेस खाइन्छ होला तर महेश बस्नेतको पक्षमा जीवन विताउन हरेस खाइन्न, जस्तोसुकै त्याग गर्न तयार छौं । नेपाली निस्वार्थ युवाहरुको नसा नसामा महेश बस्नेतको अभिभावकत्व भएको रगत बगेको छ । त्यसैले एक थोपा रगत शरीरमा रहुन्जेल महेश बस्नेतको साथमा हुनेछौं, दुस्मका किल्लाहरु भत्काउने छौं, बाटोमा राख्न खोजिएका अवरोधका काँडाहरु एक पछि अर्को गर्दै फाल्दै जानेछौं ।

भक्तपुरवासीले कानुनभन्दा माथि विकास चाहेका थिए त्यो महेश बस्नेतले पुरा गरे । त्यसमा महेश बस्नेतको विरुद्धमा लाग्नेहरुले जनताको लागि एउटा सिन्को भाँच्न सकेका छौं रु पार्टी र आफ्नो स्थानीय तहमा दिर्घकालिन फाईदा पुग्ने पाँच रणनीतिक कार्यहरु देखाउ जिन्दगीभर तिम्रो गोठालो बस्न तयार छु । पार्टी र संगठनको कामचोर तथा निदाएको हैन, मुलुक र पार्टीलाई समयसापेक्षित रुपमा बदल्ने संकल्प बोकेको नेता हो महेश बस्नेत । संघर्षको बेला साथ दिने हो, उपलब्धीमा रमाउने हो तर स्वार्थलेले गर्दा दुनियाँ हसाउने हैन । यदि दुनियाँ हसाउन लाग्यौं भने तिम्रो साथमा जब यो दुनियाँ हुने छैन तव थाहा पाउने छौं, चिन्नेछौं निस्वार्थी महेश बस्नेत को हो रु भनेर ।

महेश बस्नेत निस्वार्थीको लागि मलम हो भने स्वार्थीको लागि फलाम हो । यति हुँदै गर्दा पनि केपी ओलीको सचिवालय विगारे जस्तै गरी केही आसेपासेले वास्ताविकतालाई महेश बस्नेत सामु पुग्न नदिएको तितो सत्य हो । जसले गुलामी गर्छ, आफ्नो सपनाको संसार बनाउँछ, योग्यता र क्षमता भन्ने उसबाट हराउँछ, केवल दुनियालाई पंगुमात्र बनाउन खोज्छ, त्यसलाई साथमा लिने हो तर साईजमा राख्ने काम गर्नुपर्छ । त्यसैले महेश बस्नेतले पनि आफ्नो राजनीतिक भविष्यको सारथीको रुपमा कार्यकर्तालाई चिन्न जरुरी छ । हात दिँदा डुडुलो नै निल्न खोज्नेलाई समयमा नै चिन्नुपर्छ । बौद्धिक, विद्वानदेखी लिएर राज्यका नेतृत्वदायी भूमिकामा रहेका हजारौं विशिष्ठ व्यक्तिहरु साथमा रहेका छन् । उनीहरुलाई साथ लिन जरुरी छ । जसले गर्दा स्वार्थीहरुले रजाई गर्न नपाउन । स्वार्थी कार्यकर्ताको महेश बस्नेतको बैशाखीमा आफ्नो भविष्यलाई सुन्दर बनाउने कल्पनासमेत गर्न नसकोस् । यीनै स्वार्थी नेता तथा कार्यकर्ताले गर्दा अस्तिको निर्वाचनमा पराजय भोग्नु पर्यो । अबका दिनमा उक्त पराजलाई पाठको रुपमा लिई आगामी निर्वाचनको सुन्दर यात्रा तयार गर्नुपर्छ र गर्नेछौं ।

विशाल सिं सुवेदी
केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० मंसिर । नरेनको ५ विकेटमा सुदूरपश्चिमले काठमाडौँलाई ७३ रनले हराएको छ । युवा बलर नरेन साउदले ५ विकेट

काठमाडौँ, २० मंसिर । जिमी नीशमको अलराउण्ड प्रदर्शन मद्तमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग एनपिएलमा लगातार तेस्रो जित हात पारेको

काठमाडौँ, २० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को आफ्नो दोस्रो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सविरुद्ध १३९ रनको लक्ष्य प्रस्तुत गरेको

काठमाडौँ, २० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा