काठमाडौँ, २१ फागुन । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अप्रत्यासित कदम चालेको बताएको छ ।
कांग्रेससहितको गठबन्धन भत्किएर एमालेससहितको नयाँ गठबन्धन बनेपछि बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डको कदमलाई अप्रत्यासित भनेको हो ।
बैठकपछि उपमहासचिव जगन्नाथ खतिवडाले प्रधानमन्त्रीले चालेको नयाँ कदम आफ्ना लागि अप्रत्यासित भएको बताउदै उनले भने, ‘प्रधानमन्त्रीले चालेको कदम अप्रत्यासित हो’, ‘प्रधानमन्त्रीले लिएका उदेश्य, निर्णय र प्रक्रिया सार्वजनिक भएपछिमात्र नेकपा एकीकृत समाजवादीले आफ्नो दृष्टिकोण तय गर्छ ।’