प्राविधिक कार्यालय मुगुका तत्कालीन प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, २१ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डेसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आज विशेष अदालत काठमाडौँमा उनीहरूले गैरकानुनी लाभ तथा हानी पुर्या्इ २६ लाख ८२ हजार १४ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा जिल्ला प्राविधिक कार्यालय मुगुको सामुदायिक सिँचाइ आयोजना (सीआईपी)का इन्जिनियर महेशसिंह कठायत, सब–इन्जिनियर भीमबहादुर रोकाय, सीआईपीका प्राविधिक सर्जनबहादुर शाही, सोरु गाउँपालिका–९ का तत्कालीन वडाध्यक्ष परुनाथ योगी, साविक कालै गाविसका गाविस सचिव नव गिरी, तन्दवाडा सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लोगबहादुर शाही, सचिव बैदेवी शाही कोषाध्यक्ष रुपा शाही र सामाजिक परिचालन संयोजक प्रकाश बुढथापा छन् । दायर गरिएको मुद्दामा सबैसँग २६ लाख ८२ हजार १४ रुपैयाँ बिगो दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ मंसिर । काठमाडौँबाट ७ जना जुवाडे पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँको टोखा नगरपालिका-१० स्थित

वासिङ्टन, २७ मंसिर । एचआईभी (ह्युमन इम्युनोडेफिशियन्सी भाइरस) एक धेरै खतरनाक भाइरस हो । डाक्टर र वैज्ञानिकहरू लामो समयदेखि यसको

काठमाडौँ, २७ मंसिर । काठमाडौँमा तापक्रम घट्नेक्रम जारी छ । आज बिहान ५ : ४५ बजेको तापक्रम ३.९ डिग्री सेल्सियस छ । आज

काठमाडौँ, २७ मंसिर । जाजरकोटको नलगाड नगरपालिका-३ को बाँस्कुटी उकालोमा जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ भने एक शिशुको