अब कांग्रेस पूर्ण रूपमा जनतामा जान्छ : शेखर कोइराला

काठमाडौँ, २१ फागुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धन टुट्दा निर्वाचनको ‘म्यान्डेट’को पालना नभएको टिप्पणी गरेका छन् ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि डा. कोइरालाले गठबन्धन टुट्दा कांग्रेसलाई तत्कालका निम्ति घाटा भए पनि दीर्घकालमा फाइदा हुने बताए ।

उनले भने, “गठबन्धन टुटुदा तत्कालका लागि घाटा देखिन्छ । हाम्रा केन्द्र सरकारका मन्त्री, प्रदेश सरकारमा मुख्यमन्त्री र मन्त्रीहरूका पद गएका छन् । उहाँहरूले सरकारबाट जनतामा डेलिभरी दिने अवसर टुटेको छ,” “तर, यसको माने यो होइन कि कांग्रेसले सब चिज गुमायो । कांग्रेसलाई अर्को अवसर आएको छ, जनतामा जाने र पार्टी निर्माण गर्ने ।”

कोइरालाले कांग्रेसले आफूलाई जनताकेन्द्रित गरेपछि कसैसँग गठबन्धनको बाध्यता हटेर जाने तर्क गरे । उनले हिजो पनि कांग्रेस एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्ने पक्षमा रहेको भन्दै नेकपा (माओवादी केन्द्र)को आग्रहमा गठबन्धन गर्नुपरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चीन, २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग आग्रह गर्नुभएको छ । चीनको औपचारिक भ्रमणमा

काठमाडौँ, २० मंसिर । नेपाल राष्ट्र बैंकले आज बिहीबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।   Exchange Rate for December

काठमाडौँ, २० मंसिर । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान

काठमाडौँ, १९ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै