अमेरिकाको एउटा क्लबमा गोली चल्दा एक महिलाको मृत्यु

एजेन्सी, २१ फागुन । अमेरिकाको मिसिसिपी राज्यमा एउटा क्लबमा गोली चल्दा एक महिलाको मृत्यु भएको छ ।

आइतबार बिहान राज्यको वेस्ट प्वाइन्टमा रहेको एक क्लबबाहिर गोली चल्दा एक महिलाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । प्रहरीले २० वर्षीया महिलालाई घटनास्थलमा मृत फेला पारेको थियो । अन्य घाइतेहरूलाई सामान्यदेखि गम्भीर चोट लागेको छ । जसमध्ये एक जनाको अनुहारमा गोली लागेको छ । 

पार्टीमा सामेल हुन विभिन्न काउन्टीबाट मानिसहरू सहभागी  आएका थिए । पार्टीमा सहभागी झन्डै ९० प्रतिशत मानिसहरू अन्य काउन्टीको भएको बताइएको छ । क्लबमा सुरक्षा व्यवस्था पनि थियो । तर कसरी हतियार आयो भन्ने कुरा सुरक्षाकर्मीलाई थाहा थिएन । यो वर्ष अहिलेसम्म अमेरिकामा ६६ वटा गोलीकाण्ड भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ मंसिर । नेकपा एमालेले सचिवालय बैठक आज बस्ने भएको छ ।  दिउँसो ४ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा

काठमाडौँ, २४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले गरेको अलोकतान्त्रिक,

काठमाडौँ, २४ मंसिर । गृहमन्त्री रमेश लेखकले अपराध गर्ने जोसुकैलाई पनि कानुनको दायराभित्र ल्याउने बताएका छन् ।  आज सुर्खेतको वीरेन्द्रनगरमा

झापा, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका- ३, स्थित बेलडाँगी खानेपानी आयोजनाको आज उद्गघाटन गरेका छन्