फेरि वामपन्थी एकताको अध्यायको सुरुवात भयो : प्रचण्ड

काठमाडौँ, २१ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले फेरि वामपन्थी एकताको नयाँ अध्यायको सुरुवात भएको बताएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा ब्रिफिङ गर्दै प्रधानमन्त्रीले हिजोको गल्ती स्वीकार गर्दै फेरि वामपन्थी एकता गर्ने बिन्दुमा आइपुगेको ब्रिफिङ गरेका हुन् । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका सचिव देवेन्द्र पौडेलले नेपालमा फेरि अर्को पटक वामपन्थीहरूको एकताको प्रसङ्ग उब्जिएको बताए । ‘आजै एकताको कुरा त होइन । तर, फेरि पनि सरकार पुनर्गठनको प्रसङ्गसँगै हिजोको गल्ती स्विकारेर नेपालको वामपन्थीहरू फेरि एक हुने अध्यायको सुरुवात भएको छ,’ उनले भने । सो कुरा बैठकमा प्रधानमन्त्रीले ब्रिफिङ गरेको उल्लेख गर्दै पौडेलले अब राजनीतिक कोर्स नयाँ शिराबाट अघि बढ्ने भएको बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पूरा भएका विद्यार्थीले मात्र एसईई परीक्षामा सहभागी हुन पाउने व्यवस्था

भक्तपुर, २१ मंसिर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने उदेश्यले वागमती प्रदेश स्वस्थ्य मन्त्रालयले

कालिकोट, २१ मंसिर । कालिकोटको महाबै गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बहाबै–२ ओदाका ६५ वर्षीय चर्च

सर्लाही, २१ मंसिर । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न