काठमाडौँ, २१ फागुन । सत्ता गठबन्धनको आज बिहान बस्ने भनिएको बैठक स्थगित भएको छ ।
सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न भन्दै आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आह्वान गरिएको थियो । तर उक्त बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयक सम्बन्धी प्रतिवेदनको मस्यौदामा छलफल गर्ने भनिएको थियो ।