क्राइमियामा ३८ युक्रेनी ड्रोन खसालेको रुसको दाबी

एजेन्सी, २१ फागुन । रुसले आइतवार क्राइमियामाथि आक्रमण गरेका ३८ युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ । एउटा भिडियो फुटेजमा क्राइमियामा तेल डिपो नजिकै विस्फोट भएको देखिएको छ।

रुसले यस पछिल्लो ड्रोन आक्रमणबाट कुनै क्षति नभएको बताएको छ । तर प्रत्यक्षदर्शीहरूले विस्फोटका कारण झ्यालहरू हल्लिएको र कारको अलार्म बजेको बताएका छन्। । जसका कारण रुस र क्राइमिया जोड्ने केर्च ब्रिज केही समयका लागि बन्द भएको थियो । युक्रेनले पश्चिमी देशहरूलाई हतियारको आपूर्ति बढाउन लगातार अपिल गरिरहेको बेला यो हमला भएको हो।

हालै रूसी सेनाले युक्रेनी मोर्चामा प्रगति गरेको छ र कीएभले पश्चिमी हतियारहरूको सहयोगमा तिनीहरूलाई रोक्न प्रयास गरिरहेको छ। गत महिना मात्र रुसी सेनाले महत्त्वपूर्ण पूर्वी सहर अदिभका कब्जा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

तनहुँ, २५ मंसिर । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने देउराली सडकखण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ ।  मुग्लिन–पोखरा सडक

काठमाडौँ, २५ मंसिर । खोटाङमा गोलिया काठ काट्ने क्रममा रूखले किचेर एक जनाको मृत्यु भएको छ ।  रावाबेँसी–२ का वडाध्यक्ष डोलराज

काठमाडौँ, २५ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य यसप्रकार तोकेको छ । 

काठमाडौँ, २५ मंसिर । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागका अनुसार