गठबन्धन आफैँभित्रका समस्या र अन्तरविरोधले टुट्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ, २० फागुन । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन आफैँभित्रका समस्या र अन्तरविरोधले टुट्ने जिकिर गरेका छन् ।

आज जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनभित्रका ‘तमासा’ आफूहरूले देखिरहेको बताएका छन् । सत्ता गठबन्धनका कारण मुलुक चौतर्फी संकटतर्फ गइरहेको उनले जिकिर गरे ।

उनले भने, “गठबन्धनभित्रका तमासाहरू हामी देखिरहेका छौँ । त्यो कुन रूपमा विकसित हुन्छ, हेरिरहेका छौँ । हामी त्यति रुचि र चाखका साथ गठबन्धनलाई हेरिरहेका छैनौँ,” “यो गठबन्धन आफैँभित्रका समस्याहरूले, अन्तरविरोधले चर्मराइरहेको छ । कुनै पनि बेला टुट्न, फुट्न सक्छ । मुलुक सत्ता गठबन्धनको कारणले चौतर्फी संकटतर्फ देखिरहेको छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ मंसिर । वैदेशिक रोजगारमा जापान पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । काठमाडौँ

वासिङ्टन, २७ मंसिर । एचआईभी (ह्युमन इम्युनोडेफिशियन्सी भाइरस) एक धेरै खतरनाक भाइरस हो । डाक्टर र वैज्ञानिकहरू लामो समयदेखि यसको

काठमाडौँ, २७ मंसिर । काठमाडौँमा तापक्रम घट्नेक्रम जारी छ । आज बिहान ५ : ४५ बजेको तापक्रम ३.९ डिग्री सेल्सियस छ । आज

काठमाडौँ, २७ मंसिर । जाजरकोटको नलगाड नगरपालिका-३ को बाँस्कुटी उकालोमा जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ भने एक शिशुको