काठमाडौँ महानगरपालिकाले बागदरबारलाई सबलीकरण गर्ने

काठमाडौँ, २० फागुन । काठमाडौँ महानगरपालिकाले आफ्नो केन्द्रीय कार्यालय बागदरबारलाई सबलीकरण गर्ने प्रक्रिया अगाडि बढाएको छ । भवनलाई उर्जामैत्री बनाउने सम्भावना र डिजाइनका लागि विल्डिङ् इनर्जी एफिसियन्सी इन नेपाल (बीन) सँग सम्झौता भएको महानगरपालिकाले जनाएको छ ।

बागदरबारको सबलीकरण गर्दा उर्जामैत्री बनाउने डिजाइन तयार पार्ने, सहरमा निर्माण गरिने भवनहरुलाई उर्जामैत्री बनाउन सचेतना वृद्धि गर्ने, आन्तरिक क्षमता वृद्धि गर्ने सम्झौताबमोजिम हुने मुख्य काम हुन् ।

पुरातात्विक महत्व भएको बागदरबारको सवलीकरण गर्दा प्रयोग गरिने निर्माण सामाग्री, पर्खाल, जग र छानाको अवस्था, कोठाहरु तताउन वा हावालाई दोहोरो आउने जाने बनाउन, प्राकृतिक प्रकाशलाई सबैतिर पुग्ने बनाउन र यी अवस्था सिर्जना गर्दा प्रदूषण कम गराउने विधि अपनाउने विषयमा अध्ययन हुनेछ । यसका आधारमा डिजाइनसमेत तयार पारिने महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ मंसिर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हातामा रहेको गल्फ कोर्स पूर्वी नेपालका ‘गल्फ प्रेमिका’का लागि आकर्षण

तनहुँ, २५ मंसिर । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने देउराली सडकखण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ ।  मुग्लिन–पोखरा सडक

काठमाडौँ, २५ मंसिर । खोटाङमा गोलिया काठ काट्ने क्रममा रूखले किचेर एक जनाको मृत्यु भएको छ ।  रावाबेँसी–२ का वडाध्यक्ष डोलराज

काठमाडौँ, २५ मंसिर । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार