सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउँदै पाकिस्तान

इस्लामवाद, २० फागुन । पाकिस्तानमा सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाउने तयारी भइरहेको छ ।

त्यहाँको संसदमा एउटा प्रस्ताव पेस गरिएको छ । यसमा फेसबुक, एक्स, युट्युब र इन्स्टाग्रामलगायत सबै सामाजिक सञ्जाल प्लेटफर्ममा प्रतिबन्ध लगाउने माग गरिरहेका छन् । पाकिस्तान पिपल्स पार्टीका सांसद बहरामन्द तांगीले संसदमा सो प्रस्ताव पेस गरेका हुन् ।

रोचक कुरा चाहिँ के छ भने तांगीको कार्यकाल मार्च ११ मा सकिँदै छ । ‘सामाजिक सञ्जालको नकारात्मक असरबाट युवा पुस्तालाई जोगाउन यसलाई प्रतिबन्ध लगाउनुपर्छ ।’ प्रस्तावमा भनिएको छ । सामाजिक सञ्जालले देशको युवा पुस्तालाई नराम्ररी प्रभावित गरिरहेको अनि धर्म र संस्कृतिविरुद्ध सामाजिक सञ्जालको प्रयोग भइरहेको प्रस्तावमा उल्लेख गरिएको छ । यसले गर्दा आम मानिसबिच भाषा र धर्मका आधारमा घृणा बढ्दै गएको पनि प्रस्तावमा बताइएको छ । सामाजिक सञ्जालको प्रयोग राष्ट्रिय हितमा नभएको दाबी तांगीको छ ।

सामाजिक सञ्जालमार्फत देशका सुरक्षा निकायविरुद्ध कुप्रचार भइरहेको उनको तर्क छ । सामाजिक सञ्जालमा झुटा समाचारहरू प्रसारित भइरहेको र यसले नक्कली नेतृत्वलाई बढवा दिने भन्दै उनले आफ्ना तर्कहरू अगाडि सारिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ मंसिर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय कक्षा १२ उत्तीर्ण हुने बित्तिकै विद्यार्थी बिदेसिने

काठमाडौँ, १९ मंसिर । नेपाल र चीन सरकारबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको छ ।  मंगलबार नेपाल र चिनियाँ पक्षका उच्चस्तरीय

बेइजिङ, १९ मंसिर । चीनको औपचारिक भ्रमणमा रहेका  प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एन्ड रोड इनिसियिटभ (बीआरआई)बाट नेपालले लाभ लिने

काठमाडौँ, १९ मंसिर । शिखर धवनले अर्धशतक प्रहार गरेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौँ गुर्खाजलाई १५० रनको लक्ष्य