केपी ओली कपको उपाधि मच्छिन्द्रले जित्यो

काठमाडौँ, १९ फागुन । दोस्रो संस्करणको केपी ओली फुटबल कपको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ ।

आज काठमाडौँको दशरथ रंगशालामा राष्ट्रिय युवा संघ नेपालको आयोजनामा गरेको प्रतियोगिताको फाइनलमा न्युरोड टिम (एनआराटी)लाई टाइब्रेकरमा पराजित गर्दै मच्छिन्द्रले लगातार दोस्रोपटक उपाधि चुमेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा पुगेपछि विजेताको टुंगो टाइब्रेकरबाट लगाइएको थियो । टाइब्रेकरमा मच्छिन्द्रले ५–४ ले नतिजा आफ्नो पक्षमा पार्‍यो । विवेक गुरुङको पेनाल्टी गोलपोस्टभन्दा परबाट बाहिरिएपछि एनआरटी उपविजेतामा चित्त बुझाउन बाध्य भयो । मच्छिन्द्रका सनिश श्रेष्ठ, दिवाकर चौधरी, स्टेफन विनोङ, क्रिस्टोफर चिजोबा र देवेन्द्र तामाङले गोल गरे । एनआरटीका सरोज तामाङ, सञ्जीव विष्ट, अभिषेक लिम्बू र मोहित गुरुङले गोल गरेका थिए ।

उपाधि विजेता मच्छिन्द्रले ११ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्‍यो । उपविजेता एनआरटीले पाँच लाख रुपैयाँ प्राप्त गर्‍यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सडक

काठमाडौँ, १५ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका २५ सहकारी तथा ती सहकारीले लगानी गरेका वा सञ्चालन गरेका

काठमाडौँ, १५ असोज । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको आर्थिक विकासको नेतृत्व सरकारले नभई निजी क्षेत्रले गर्नुपर्ने बताए । मुलुकको आर्थिक

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना