नेपालमा विकासको अभियान सुरु भयो : मन्त्री महत

काठमाडौँ, १९ फागुन । अर्थमन्त्री डा.प्रकाशरण महतले नेपालमा विकासको अभियान सुरु भएको बताएका छन् ।

आज नुवाकोटको बेलकोटगढी नगरपालिका–१ स्थित बेलकोट भञ्ज्याङ माविको स्वर्णजयन्ती कार्यक्रममा बोल्दै उनले देशमा विकासका गतिविधि चलायमान हुँदै मुलुक समृद्धितर्फ अघि बढ्न सुरु भएको बताए ।

उनले भने, “नेपालमा अब विकासले क्रमशः गति लिएको छ । हामी उद्यमी–व्यवसायीको आत्मविश्वास जगाउनुपर्छ,” “मूल्यवृद्धिको दर क्रमशः घट्ने क्रममा छ । सेयर बजार उकालो लाग्दै छ । पर्यटकको आगमन र राजस्व वृद्धिले देशमा सम्भावनाको अवसरलाई कार्यान्वयन गर्न सकिने आशा जगाएको छ ।”

देशको अर्थतन्त्र सुधारोन्मुख भएसँगै सरकारको अबका प्राथमिकता गुणस्तरीय शिक्षा र रोजगारी सिर्जनातर्फ केन्द्रित रहेको अर्थमन्त्रीले बताए । “आगामी वैशाखमा हुने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमार्फत वैदेशिक लगानी भित्र्याउन प्रयास गरिनेछ । देश सकारात्मकतर्फ अघि बढेको छ,” उनले भने, “केही हुन्छ भन्ने भावनालाई जनताको बीचमा पुर्या उनुपर्छ । भ्रम र नकारात्मक टिप्पणी बन्द गर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, २७ मंसिर । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

काठमाडौँ, २७ मंसिर । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । पार्टी उपमहासचिव गिरिराजमणी पोखरेलका अनुसार आज

काठमाडौँ, २७ मंसिर । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्धिवेदीबीच भेटवार्ता भएको छ ।

काठमाडौँ, २७ मंसिर । कमलादीमा भासिएको सडकमा बक्स कल्भर्ट निर्माण गरेर आजदेखि सञ्चालनमा ल्याइएको छ । पुननिर्मित सडकमा आयोजित एक