काठमाडौँ, १९ फागुन । सरकार र मिटरब्याज पीडितबिच आज पनि वार्ता हुने भएको छ ।
सङ्घर्ष समितिले कुशवहाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ भने सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता समिति बनाएको छ । अधिकार सम्पन्न आयोग गठनलगायतका ६ बुँदे माग राख्दै २३ दिन हिँडेर काठमाडौँ आइपुगेका मिटरब्याज पीडितले विगत केही दिनयता काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन् । यसअघि शुक्रबार भएको वार्ता सकारात्मक भएकोले आज सहमति जुट्न सक्ने पीडित समूहका वार्ता टोली संयोजक अवधेश कुशवाहले बताए ।