भारतको अर्थतन्त्र ८ दशमलव ४ प्रतिशतले बढ्यो

एजेन्सी, १८ फागुन । सन् २०२३ को पछिल्लो तीन महिनामा भारतको अर्थतन्त्र आठ दशमलव चार प्रतिशतले बढेको छ । योसँगै भारत एक पटक फेरि विश्वको सबैभन्दा तीव्र गतिमा अर्थतन्त्र वृद्धि हुने देश बनेको बीबीसीले जनाएको छ ।

भारतमा आमचुनाव हुन लागेको बेला यो तथ्याङ्क सार्वजनिक भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो तथ्याङ्कले देशको अर्थव्यवस्थाको शक्ति र क्षमतालाई देखाएको सामाजिक सञ्जालमार्फत एक्समा लेख्नुभएको छ । भारतले आउँदो केही वर्षमा जापान र जर्मनीलाई पछि पार्दै विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण भएको छ । अर्थतन्त्रमा अपेक्षा गरेभन्दा राम्रो हुनुमा उत्पादन क्षेत्रको भूमिका महत्वपूर्ण रहेको खबरमा उल्लेख छ ।

भारतमा निजी उपभोगले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को दुई तिहाइ हिस्सा ओगटेको छ । यस अवधिमा यो दर तीन दशमलव पाँच प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२४ मा भारतको अर्थतन्त्र छ दशमलव पाँच प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ । यस्तै चीनको अर्थतन्त्र चार दशमलव छ प्रतिशतले बढ्ने प्रक्षेपण छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ मंसिर । वैदेशिक रोजगारमा जापान पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । काठमाडौँ

वासिङ्टन, २७ मंसिर । एचआईभी (ह्युमन इम्युनोडेफिशियन्सी भाइरस) एक धेरै खतरनाक भाइरस हो । डाक्टर र वैज्ञानिकहरू लामो समयदेखि यसको

काठमाडौँ, २७ मंसिर । काठमाडौँमा तापक्रम घट्नेक्रम जारी छ । आज बिहान ५ : ४५ बजेको तापक्रम ३.९ डिग्री सेल्सियस छ । आज

काठमाडौँ, २७ मंसिर । जाजरकोटको नलगाड नगरपालिका-३ को बाँस्कुटी उकालोमा जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ भने एक शिशुको