ब्रह्माण्डीय महायज्ञलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने

बागलुङ, १८ फागुन । बागलुङ जिल्लाको बागलुङ नगरपालिका वडा नं.६ को पञ्चकोट प्राङ्गणभित्र सञ्चालनमा रहेकोे १५ दिवसीय अनन्तश्री ब्रहमाण्डीय महायज्ञलाई प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले सम्बोधन गर्ने भएका छन् ।

२०८० फागुन ०९ गते देखि अनन्तश्रीविभुषित मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्यको सत्सकंल्पमा शुभारम्भ गरिएको सो महायज्ञको ११ औ दिन फागुन १९ गते प्रधानमन्त्रीका साथ विभिन्न मन्त्रालयका मन्त्री एवं राजनैतिक दलका नेतृत्वगणबाट महायज्ञ अवलोकनका साथ विशेष सम्बोधन समेत रहेको आयोजकले जनाएको छ ।

मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्यले धार्मिक कार्यका माध्यमबाट सामाजिक रुपान्तरण गर्ने, प्रकृति, पर्यावरण र वातावरणको संरक्षण,श्रीनेपालका देवस्थल,तीर्थस्थल र धार्मिक पर्यटकीय स्थलहरुको व्यापक प्रचार प्रसार गर्दै पर्यटन प्रवद्र्धनको माध्यामबाट राष्टिय अर्थतन्त्रको विकासमा योगदान गर्ने, विश्वजलसम्पदा संरक्षणको प्रतीकस्वरुप रहने निर्माणधीन श्रीविश्वशान्ति गण्डकी कलशलाई पूर्णता दिनुका साथै सरकार र जनताको सम्बन्ध सुदृढ होस भन्ने महायज्ञको मूल उद्धेश्य रहेको उल्लेख गर्दै सो महान उद्धेश्यलाई पूर्णता दिन सबैपक्षको विशेष साथ र सहयोगको लागि स्वामी कमलनयनाचार्यले आह्वान समेत गरेका छन् ।

विश्व प्रसिद्ध मुुुक्तिक्षेत्रमा अवस्थित पर्यटकिय सर्वसिद्धिधामको रुपमा परिचित पञ्चकोटमा आयोजना भईरहेको महायज्ञ कार्यक्रमका विच ९ वटा विभिन्न राष्टिय विकासका सम्मेलनहरु पनि सम्पन्न भईसकेको आयोजक संस्थाका नबराज काफ्लेले जानकारी गराएका छन् । साथै काफ्लेले फागुन २३ गते सम्म रहने उल्लेख कार्यक्रममा सहभागीताको लागि सम्पुर्ण जनसमुदायलाई अनुरोध समेत गरेका छन् । ब्रह्माण्डीय महायज्ञमा ९ औ दिन सम्म आईपुग्दा महामहिम राष्ट्रपति देखि लिएर देशभरका विभिन्न क्षेत्रका सरकारी एवं संघसंस्थाका विशिष्ट व्यक्तित्वहरु लगायत लाखांै जनसहभागीता रहेको आयोजक संस्थाले अवगत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले साँच्चैको मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डीन र क्याम्पस प्रमुखहरुको

कास्की, २७ मंसिर । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

काठमाडौँ, २७ मंसिर । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्धिवेदीबीच भेटवार्ता भएको छ ।

काठमाडौँ, २७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री मुकुल ढकालले रास्कोट अस्पतालमा हिनामिनाको सम्भावना नरहेको दाबी गरेका छन् । रास्कोट