रघुजी पन्तको प्रश्न : मेहताले बहालवाला प्रधानमन्त्री र नेपालको अपमान गर्दा समेत किन मौन ?

काठमाडौँ, १८ फागुन । एमालेका सांसद रघुजी पन्तले नेपाल र नेपालका प्रधानमन्त्रीलाई भारतका पूर्व जनरल अशोक मेहताले अपमानजनक आलेख लेखेकोमा आपत्ति जनाएका छन् ।

आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मेहताले नेपालको चीनसँग जोडिएका धेरै जिल्लामा सीमा मिचिएको, वर्तमान गठबन्धन सरकार भारतका लागि उपयुक्त भएको आलेखमा लेखिएको भन्दै त्यसप्रति आपत्ति जनाएका हुन् ।

उनले भने, ‘मेहताको आलेख नेपाल र नेपालीका लागि आपत्तिजनक छ । भारतले अहिलेको गठबन्धन ठिक भएको र चीनसँगको सम्झौता रोकेर राखेको, भारतका लागि राम्रो गरेको छ । अहिले प्रचण्ड भारतका लागि उपयुक्त पात्र छन् । तबेलामा राखिएका देउवा भविष्यका लागि उपयुक्त छन् । भनेर लेखिएका छन् । मेरो प्रधानमन्त्री प्रचण्डसँग सयौँ मतभेद होलान् । देउवासँग सयौँ मतभेद होलान् । हाम्रा प्रधानमन्त्रीलाई विदेशीले अपमानजनक ढंगबाट लेखिँदा परराष्ट्रमन्त्रीले आफ्नो प्रतिक्रिया जारी गर्नुपर्दैन ? ।’  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ मंसिर । नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि भर्ना खुलाएको छ ।  भर्ना छनौट निर्देशनालयले आज एक  सूचना

काठमाडौँ, २८ मंसिर । वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा उडान नरोक्ने जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकोप्टर उडानमा रोक

काठमाडौँ, २८ मंसिर । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । बिहीबार संघको भर्चुअल माध्यमबाट बसेको बैैठकले

काठमाडौँ, २८ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य यसप्रकार तोकेको छ ।