सोमालियामा हैजाको प्रकोप रोक्न थप कोष खोज्दै विश्व स्वास्थ्य सङ्गठन

एजेन्सी, १८ फागुन । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सोमालियामा हैजाको प्रकोपलाई नियन्त्रण गर्न थप कोषको खोजी गरेको छ । सोमालियामा गएको वर्ष अक्टोबरमा बाढीबाट प्रभावित केही ठाउँहरूबाट विभिन्न जिल्ला हुँदै हैजा देशैभर फैलिएको थियो । अहिलेको हैजाको प्रकोप गएको वर्षको प्रकोपको निरन्तरता हो ।

सोमालियाको राजधानी मोगादिसुमा जारी गरिएको पछिल्लो प्रतिवेदनमा डब्ल्युएचओले अहिलेको प्रकोपलाई नियन्त्रण गर्न प्रतिक्रियात्मक गतिविधिहरूको कार्यान्वयन गर्न थप परिचालन कोषको तत्काल आवश्यकता रहेको बताएको चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ । सोमालियाको स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२४ शुरु भएपछि त्यहाँ अहिलेसम्म २ हजार ९ सय ४३ हैजाका नयाँ बिरामी  फेला परेका र २६ जनाको ज्यान गएको छ ।

डब्लुएचओले मुख्यतया साबेले नदीको किनारमा बसोबास गर्ने विस्थापित व्यक्तिहरूका लागि सुरक्षित पानी र उचित सरसफाइमा समस्या हुनु वर्तमान हैजाको प्रकोपको प्रमुख कारण भएको बताएको छ। यसले छिमेकी इथियोपियामा समेत नयाँ हैजाको प्रकोप पुष्टि भएको खबरमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ मंसिर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय कक्षा १२ उत्तीर्ण हुने बित्तिकै विद्यार्थी बिदेसिने

काठमाडौँ, १९ मंसिर । नेपाल र चीन सरकारबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको छ ।  मंगलबार नेपाल र चिनियाँ पक्षका उच्चस्तरीय

बेइजिङ, १९ मंसिर । चीनको औपचारिक भ्रमणमा रहेका  प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एन्ड रोड इनिसियिटभ (बीआरआई)बाट नेपालले लाभ लिने

काठमाडौँ, १९ मंसिर । शिखर धवनले अर्धशतक प्रहार गरेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौँ गुर्खाजलाई १५० रनको लक्ष्य