इजरायल र हमासबिचको द्वन्द्वमा गाजामा मारिनेको सङ्ख्या ३० हजार नाघ्यो

गाजा, १७ फागुन । गत अक्टोबरदेखि सुरु भएको इजरायल र हमासबिचको द्वन्द्वमा परेर गाजामा मारिनेको सङ्ख्या ३० हजार नाघेको त्यहाँको स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । इजरायले अहिले पनि प्यालेस्टिनी भूमिमा हवाईदेखि स्थल कारबाही जारी राखेको छ ।

इजरायलमाथि अन्तर्राष्ट्रिय समुदायले युद्धबिरामको दबाब बढाए पनि अमेरिकाको समर्थनमा उसले आफ्नो अभियान अघि बढाइरहेको छ । संयुक्त राष्ट्र संघमा तत्काल युद्धविरामको प्रस्तावविरुद्ध अमेरिकाले भिटो प्रयोग गर्दै आइरहेको छ । 

हाल अधिकांश प्यालेस्टिनी जनता गाजाको दक्षिणी सहर राफामा खाँदिएर बसेका छन् । त्यहाँ करिब १० लाख जनता बस्दै आएका छन् । अब इजरायलले सो क्षेत्रमा पनि कारबाही अघि बढाउने तयारी गरेपछि मृतकको सङ्ख्या अझै बढ्नेमा चिन्ता व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले साँच्चैको मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डीन र क्याम्पस प्रमुखहरुको

काठमाडौँ, २७ मंसिर । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । आज काठमाडौँ

काठमाडौँ, २७ मंसिर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यमा क्षेत्रमा गरिएको लगानीलाई व्यवस्थित गर्न आवशक रहेको बताएका छन् । 

काठमाडौँ, २७ मंसिर । आज बजारमा सुन चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन