राष्ट्रिय सभालाई सरकारले हेप्यो : डा. पौड्याल

काठमाडौँ, १७ फागुन । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले राष्ट्रिय सभालाई सरकारले हेपेको बताएकी छन् ।

आज राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा भाग लिँदै उनले मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदाको अवस्थामा सम्बन्धित मन्त्री समेत उपस्थित हुनुपर्ने प्रावधान रहे पनि कर्मचारी समेत उपस्थिति नभएको बताएकी हुन् । 

उनले भनिन्, ‘बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्नेछ । कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदाको अवस्थामा सम्बन्धित मन्त्री समेत उपस्थित हुनुपर्नेछ । आजको सम्बन्धित मन्त्री अर्थमन्त्री हो । किनभने उहाँले यो पढेर सुनाउनुभएको हो यहाँ । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता । उहाँ हुनुहुन्न । उहाँसगै विशिष्ट कर्मचारीहरू पनि हुनुहुन्न । यो भनेको राष्ट्रिय सभाको आज अन्तिम दिनमा बोल्दै गर्दा किन हेपेको होला सरकारले राष्ट्रिय सभालाई भन्ने महसुस भयो । मेरो नियमापत्ति, विरोध नै हो । सरकारले चेतोस् ।’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ मंसिर । वैदेशिक रोजगारमा जापान पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । काठमाडौँ

वासिङ्टन, २७ मंसिर । एचआईभी (ह्युमन इम्युनोडेफिशियन्सी भाइरस) एक धेरै खतरनाक भाइरस हो । डाक्टर र वैज्ञानिकहरू लामो समयदेखि यसको

काठमाडौँ, २७ मंसिर । काठमाडौँमा तापक्रम घट्नेक्रम जारी छ । आज बिहान ५ : ४५ बजेको तापक्रम ३.९ डिग्री सेल्सियस छ । आज

काठमाडौँ, २७ मंसिर । जाजरकोटको नलगाड नगरपालिका-३ को बाँस्कुटी उकालोमा जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ भने एक शिशुको