‘महाजात्रा’ स्वदेशसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ रिलिज हुँदै

काठमाडौँ, १७ फागुन । फिल्म ‘महाजात्रा’ स्वदेशसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने भएको छ ।

यो फिल्मलाई विदेशमा एमएसएम इन्टरटेनमेन्टले रिलिज गर्न लागेको जनाइएको छ । यो फिल्म नेपाल र विदेशमा एकसाथ चैत ९ गते रिलिज हुनेछ ।

एमएसएम इन्टरटेनमेन्टले पनि विभिन्न मुलुक र क्षेत्रमा स्थानीय वितरकलाई रिलिजको जिम्मा दिएको छ । जसअनुसार अमेरिका र क्यानडामा नाम्लो इभेन्ट्स र कोसेली कोलोराडोले जिम्मा लिएका छन् । मध्यपूर्वमा कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिष्ट्रिब्युसन, युरोपमा एनएमटी डेनमार्क, जापानमा आन्वी इन्टरटेनमेन्ट्स, दक्षिण कोरियामा विशाल आवाज मल्टिमिडिया, न्युजिल्यान्डमा लाखे इभेन्ट्स र अष्ट्रेलियामा स्वयम् एमएसएम इन्टरटेनमेन्टस् र रोटे पिङले फिल्मलाई रिलिज गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

विराटनगर, २२ मंसिर । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले नेपाललाई काहीँ कसैको ऋणको पासोमा पार्न काङ्ग्रेसले नदिने बताएका छन् ।

चितवन, २२ मंसिर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सबै राजनीतिक दलसँगको समझदारीमा संविधान संशोधन  गर्नुपर्नेमा जोड दिएका छन्

काठमाडौँ, २२ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सुरक्षित र नियमित आकाश नेपालीको पहिलो प्राथमिकता रहेको बताएका

काठमाडौँ, २२ मंसिर । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गर्ने क्रममा सरकारले पर्याप्त ध्यान पुर्याउन