आर्थिक मुद्दामा राजनीति दलहरूको एउटै धारणा हुनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौँ, १७ फागुन । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक मुद्दामा सबै राजनीति दलहरूको एउटै धारणा हुनुपर्ने बताएका छन् ।

आज राज्यव्यवस्था तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले कोभिडपछि र रूस–युक्रेन युद्धले विश्वको अर्थतन्त्रमा प्रभाव परेको भन्दै उनले अहिले नयाँ व्यवसाय सुरु गर्न कन्फिडेन्स व्यवसायीमा नभएको बताए ।

उनले भने, ‘निजी क्षेत्रलाई हेर्ने नियमन गर्ने धेरै निकायहरू छन् । त्यस कारण अख्तियारले पनि निजी क्षेत्रलाई हेर्ने कानुनी व्यवस्था गर्न हुँदैन भनेर हामीले भन्दै आएका छौँ । अहिले भएकै निकायलाई बलियो बनाएर नियमन गर्नुपर्छ । अन्यथा लगानी ब्रेक लाग्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ मंसिर । वैदेशिक रोजगारमा जापान पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । काठमाडौँ

वासिङ्टन, २७ मंसिर । एचआईभी (ह्युमन इम्युनोडेफिशियन्सी भाइरस) एक धेरै खतरनाक भाइरस हो । डाक्टर र वैज्ञानिकहरू लामो समयदेखि यसको

काठमाडौँ, २७ मंसिर । काठमाडौँमा तापक्रम घट्नेक्रम जारी छ । आज बिहान ५ : ४५ बजेको तापक्रम ३.९ डिग्री सेल्सियस छ । आज

काठमाडौँ, २७ मंसिर । जाजरकोटको नलगाड नगरपालिका-३ को बाँस्कुटी उकालोमा जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ भने एक शिशुको