गठबन्धन भत्किन नदिन प्रचण्डलाई माधवको सुझाव

काठमाडौँ, १७ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा अध्यक्ष कसले लिने भन्ने विषयमा देखिएको विवादका कारण सत्ता गठबन्धन भत्किन नदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । 

सत्तारुढ दल नेपाली कांग्रेस र सरकारको समेत नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र दुवैले राष्ट्रिय सभाको अध्यक्ष ताकेपछि अध्यक्ष नेपालले प्रचण्डलाई भेटेर यस्तो सुझाव दिएका हुन् । 

अध्यक्ष नेपाल प्रचण्डलाई भेट्न मंगलबार बिहान उपाध्यक्ष राजेन्द्र पाण्डेसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । त्यसक्रममा राष्ट्रिय सभा अध्यक्षबारे कांग्रेस र माओवादीले गरिरहेको दाबीबारे नेताहरूबिच छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, २४ मंसिर । प्रधानमन्त्री एवंं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र भ्रष्टाचारविरुद्ध सचेत, सङ्गठित र

झापा, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका वडा न ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा

हेटौँडा, २४ मंसिर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले भ्रष्टाचार नियन्त्रणको विषय चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । आज

काठमाडौँ, २४ मंसिर । प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई राष्ट्रिय मानव अधिकार आयोगले बोलाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि