पोखरा, १६ फागुन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा चलाउन गण्डकी एमालेले संसदमा संकल्प प्रस्ताव दर्ता गराएको छ ।
चिनियाँ कम्पनीले निर्माण गरेर अघिल्लो वर्षको मध्ये पुसमा विमानस्थल उद्घाटन गरिएको थियो । तर हालसम्म अन्तर्राष्ट्रिय उडान हुन नसकेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।
एमालेले बुधवार संसद् सचिवालयमा यसबारे संकल्प प्रस्ताव नै दर्ता गरेको हो । एमाले सचेतक देवका पहारीले प्रमुख सचेतक गोविन्दबहादुर नेपाली मार्फत संसद् सचिव हरिराज पोखरेललाई प्रस्ताव पठाएकी हुन् ।