वासिङ्टन डिसी, १६ फागुन । आगामी राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार चयन गर्न डेमोक्रेटिक दलले मिशिगनमा आयोजना गरेको प्राइमरीमा अमेरिकी राष्ट्रपति जो बाइडेनले जितेका छन् ।
आज भएको मतदानमा बाइडेनले ८० प्रतिशत मत पाएका छन् । प्राइमरीमा बाइडेनले सहजै जित हात पारे पनि नतिजाले उनका लागि केही चेतावनी संकेत दिएको छ । गाजामा जारी इजरायली युद्ध नियन्त्रणमा अमेरिकाको असफलताप्रति बाइडेनले यतिबेला अरब र मुस्लिम अमेरिकीहरूले सङ्गठित रूपमा विरोधको सामना गरेका छन् । मिशिगनमा १३ दशमलव ४ प्रतिशत मत ‘अप्रतिबद्ध’ खसेको थियो ।