सुर्खेत, १६ फागुन । मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशलाई पछि पारिएको भन्दै क्षतिपूर्तिसहितको विकास चाहिएको बताएका छन् ।
सुर्खेतमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले संघीय सरकारले संघीयता छिटो लागू गरोस् भन्ने अपेक्षा राखिएको बताए । संघीयताले केही भएन भन्नेहरुले कर्णालीको परिवर्तन हेर्नसमेत सुझाए । उनले बजेट खर्च गर्नका निम्ति खर्च गर्ने कि परिणाम खोज्ने भन्ने विषयमा पनि समीक्षा गर्न आवश्यक रहेको बताए ।
उनले भने, ‘कर्णाली पछि परेको होइन, पारिएको हो । यो भाष्य बदल्न जरुरी छ । पछि पारिएको प्रदेशमा क्षतिपूर्तिसहितको विकास चाहिएको छ ।’