समाजवादी नवलपुरमा पहिरो: जिल्ला अध्यक्ष सहित दर्जनौं नेता एमाले प्रवेश

कवासोती, १६ फागुन । नेकपा एकीकृत समाजवादी पार्टी नवलपुरका जिल्ला अध्यक्षको टोली नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीलाई नेकपा एमाले नवलपुर जिल्ला पाटी कार्यालयमा एमाले केन्द्रीय उपमहासचिव एवम् गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले  एक कार्यक्रम मार्फत् पार्टीमा स्वागत गरेका हुन् ।

नेकपा एमाले जिल्ला कमिटीको आयोजनामा घरफर्क अभियान अन्र्तगत नेकपा एकीकृत समाजवादी पाटी र नेकपा माओसमाजवादी नवलपुरमा पहिरो गएको हो । वादी सहितका टोलीलाई नेकपा एमाले प्रवेश गराएका हुन ।

नेकपा एकीकृत समाजवादी पाटीका जिल्ला अध्यक्ष एवम् गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य झविलाल लालरान, प्रदेश सचिवालय सदस्य दुर्गा भुत्येल, गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य खगराज कण्डेल, जिल्ला कमिटी उपाध्यक्ष एवम् युवा संघ इन्चार्ज प्रेम पाण्डे सहित जिल्ला कमिटी सदस्य, युवा संघ जिल्ला अध्यक्ष, देवचुली नगर कमिटी, हुप्सेकोट गाँउ कमिटि अध्यक्षसहित सम्पूर्ण कमिटी नै एमालेमा फर्किएका छन । त्यस्तै नेकपा माओवादी जिल्ला सदस्य तुलसीराम अर्याल, सहित डनु गिरी, टिकाराम पाण्डे, कावासोती १३ का अध्यक्ष जीवन सापकोटासहित एक दर्जन कार्यकर्ता एमाले प्रवेश गरेका हुन । गत हप्ता मात्र नेकपा एकीकृत समाजवादी पाटीका केन्द्रीय सदस्य दोय शालिकराम भट्टराई र डा. गोपाल खनाल पाटी केन्द्रीय कार्यालय पुगी पार्टी अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका ग्रहणगरी एमाले प्रवेश गरेका थिए ।

पछिल्लो समय नेकपा एसका नेता कार्यकर्ता एमालेमा फर्किने क्रम बढ्दो छ । केही महिना पहिला मात्र नेकपा एकीकृत समाजवादी पाटीका कार्यालय सचिव एवम् प्रचार विभाग प्रमुख सहितको टोली एमाले फर्किएको थियो । पुरानै घर फर्किएका हरुले एमालेबाट विभाजन हुनुको औचित्य पुष्टी गर्न नसकेको भन्दै नेकपा एसका नेता पुरानै घर फर्किएको बताएका थिए । उनले जनताको पाटी र बैचारिक कम्युनिष्ट पार्टी नेपालमा नेकपा एमाले मात्र रहेको बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पृथ्वीसुव्वा गुरुङले विगतमा बाटो विरायर गई अहिले आफ्नै घर फर्कि आएकोमा धन्यवाद व्यक्त गर्दै घर फर्किकाहरुलाई पाटीले उचित जिम्मेवारी प्रदान गर्ने बताउनुभएको थियो । कार्यक्रममा एमाले पालिटव्युरो सदस्य मना के.सी., केन्द्रीय सदस्य दोय कृष्ण पौडेल र तिलक महत क्षेत्री सहित प्रदेश कमिटीका नेताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ मंसिर । स्टक ब्रोकर्स एसोसीएसन अफ नेपाल(एसबान)को अध्यक्षमा सागर ढकाल विजयी भएका छन् । उनले प्रतिद्वन्दी राजकुमार तिमिल्सिनालाई पराजित

भक्तपुर, २२ मंसिर । बागमती प्रदेशको स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुरको विकास र समृद्धिको सारथीको रुपमा नेप्सेम्याक सेवा प्रा.लि. र

काठमाडौँ, २२ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मानव

काठमाडौँ, २२ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । १९ गते प्रोस्टेटको शल्यक्रिया गराएका राष्ट्रपति पौडेल आज