मिटरब्याज पीडितको आन्दोलनमा जसपाको ऐक्यबद्धता

काठमाडौँ, १६ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालले मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । जसपाले मंगलबार मिटरब्याज पीडितहरुले भृकुटीमण्डपदेखि शान्तिबाटीसम्म गरेको मार्चपासमा सहभागी भएर उनीहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको हो ।

मिटरब्याज पीडितहरुद्वारा शान्तीबाटिकामा आायोजित सभालाई पार्टीका शीर्ष नेता राजेन्द्र श्रेष्ठले सम्बोधन गरेका थिए । नेता श्रेष्ठले पीडितहरुको न्यायपूर्ण माग सम्बोधन गराउन आफ्नो पार्टीले दबाबपूर्ण र प्रभावकारी भूमिका निर्वाह गर्ने बताए ।

उक्त कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य लालबहादुर तामाङ, पार्टीका राजनीतिक समिति सदस्य एवम् प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेत, केन्द्रीय सदस्य अर्जुन लम्साललगायतका नेताहरु पीडितहरुसँगै धर्ना बसेका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ मंसिर । वैदेशिक रोजगारमा जापान पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । काठमाडौँ

वासिङ्टन, २७ मंसिर । एचआईभी (ह्युमन इम्युनोडेफिशियन्सी भाइरस) एक धेरै खतरनाक भाइरस हो । डाक्टर र वैज्ञानिकहरू लामो समयदेखि यसको

काठमाडौँ, २७ मंसिर । काठमाडौँमा तापक्रम घट्नेक्रम जारी छ । आज बिहान ५ : ४५ बजेको तापक्रम ३.९ डिग्री सेल्सियस छ । आज

काठमाडौँ, २७ मंसिर । जाजरकोटको नलगाड नगरपालिका-३ को बाँस्कुटी उकालोमा जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ भने एक शिशुको