पिसिएमको ग्राजुएसन समारोह सम्पन्न

पोखरा, १० फागुन । पोखरा कलेज अफ म्यानेजमेन्टबाट स्नातक तहमा दीक्षित विद्यार्थीहरुको ग्राजुएसन समारोह सम्पन्न भएको छ । समारोहमा बिबिए र बिसिआईएस विषय अध्ययनरत कलेजका ८३ जना विद्यार्थीहरुलाई कलेजले सम्मान गरेको थियो ।

समारोहलाई सम्बोधन गर्दै पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. दयाराज ढकालले विद्यार्थीहरुलाई बधाईका साथै उज्जवल भविष्यको कामना गर्नुभयो । साथै डिन ढकालले धेरै ग्रेड प्राप्त गर्दैमा अत्यन्तै उत्साहित र थोरै ग्रेड प्राप्त गरेकोमा हतोत्साहित नहुन समेत विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै विशिष्ट अतिथि प्राध्यापक चन्द्रा भद्राले विद्यार्थीहरुको असली परीक्षा अब शुरु भएको विचार राख्नुभयो ।

कार्यक्रममा कलेजका तर्फबाट डिन लिस्टमा पर्न सफल कलेजका विद्यार्थीहरु मनिषा पोख्रेल, प्रविणा सुवेदी र पुजा राजभाटलाई कलेजले विशेष सम्मान गरेको थियो । कलेजले हालसम्म १७ ब्याच बिबिए र दुई ब्याच बिसिआईएस अध्ययनरत विद्यार्थीहरु उत्पादन गरिसकेको छ । कुल ११०० बढि विद्यार्थीहरु उत्पादन गरिसकेको कलेजले १०० बढि डिन लिस्ट र एक दर्जन उपकुलपति पदक र लक्ष्मी विद्या पदक प्राप्त गरिसकेको कलेजको प्राचार्य लिना नेगी श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा बिबिए कार्यक्रम संयोजक मनोज श्रेष्ठ, बिसिआईएस कार्यक्रम संयोजक हरि प्रसाद बराल, सम्मानित विद्यार्थीहरुको तर्फबाट मनिषा पोख्रेलले समेत आफ्नो भनाइ राख्नुभएको थियो । कलेजका व्यवस्थापन, दीक्षित विद्यार्थीहरुका अभिभावक, प्राध्यापक तथा कर्मचारीहरु समेत सहभागी कार्यक्रम कलेजका अध्यक्ष प्रा. डा. टंकनाथ शर्मा तिमिल्सिनाको सभाध्यक्षता तथा उप प्राध्यापक दीपेन्द्र पहारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर