नामिबियाविरुद्ध भुर्तेलले लिए छैटौँ विकेट 

काठमाडौँ, ९ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग–२ को आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले छैटौँ विकेट लिएको छ । 

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले २८.४ ओभरमा जान निकोल लोफ्टी–इटोनलाई गुमाएको हो । इटोनलाई नेपालका कुशल भुर्तेलले विकेटकिपर आसिफ सेखबाट क्याच गराए । जारी खेलमा कुशलको यो दोस्रो विकेट हो ।

जारी खेलको २९ ओभर समाप्त हुँदा नामिबियाले ६ विकेट गुमाएर ११८ रन बनाएको छ । त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रनको योगफल खडा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । २०८३ साल असोज १५ गते बिहीबारको राशिफल । मेष : दिन राम्रो छ। तपाईंको काम सहज बन्ने

रौतहट, १४ असोज । रौतहटमा ट्याक्टरको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । गढीमाई नगरपालिका–७ धरमपुरस्थित भित्री सडकखण्डमा बुधबार

काठमाडौँ, १४ असोज । प्रहरीले काठमाडौँको रातोपुलबाट लागु औषध ट्रामाडोल सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको

भक्तपुर, १४ असोज । सूर्यविनायक नगरपालिका वडा नं. ८ जगाती चोकमा होण्डा कम्पनीको अत्याधुनिक मोटरसाइकल शोरुम सञ्चालनमा आएको छ ।