क्यानडा-११ ले नेपाल ‘ए’ लाई चार विकेटले हरायो

काठमाडौँ, ६ फागुन । नवनित धलिवाल र निखिल दत्तको अर्धशतकप्रेरित क्यानडा–११ ले तीन खेलको एकदिवसीय शृंखला अन्तर्गत पहिलो खेलमा नेपाल ‘ए’लाई चार विकेटले हराएको छ ।

आइतबार मूलपानीस्थित क्रिकेट मैदानमा नेपाल ‘ए’ले दिएको २१७ रनको लक्ष्य क्यानडा–११ ले ४९.३ ओभरमा ६ विकेट गुमाएर भेटायो । क्यानडाको जितमा नवनितले सर्वाधिक ८० रन बनाए । उनले ७६ बलमा १२ चौका र दुई छक्का प्रहार गरे । ४५–४ को नाजुक अवस्थाबाट नवनितले निखिलसँग ७५ रनको साझेदारी गर्दै क्यानडाको इनिङ सम्हालेका थिए ।

अन्तिमसम्म अविजित रहेका निखिलले ११५ बलमा पाँच चौका र एक छक्कासहित ६७ रन बनाए । कप्तान साद जफरले २२ र श्रेयान्स मोभ्वाले २२ रन थपे । नेपालका साहब आलमले दुई विकेट लिए । प्रतिश जीसी, राशिद खान, सागर ढकाल र बसिर अहमेदले समान एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । २०८३ साल असोज १५ गते बिहीबारको राशिफल । मेष : दिन राम्रो छ। तपाईंको काम सहज बन्ने

रौतहट, १४ असोज । रौतहटमा ट्याक्टरको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । गढीमाई नगरपालिका–७ धरमपुरस्थित भित्री सडकखण्डमा बुधबार

काठमाडौँ, १४ असोज । प्रहरीले काठमाडौँको रातोपुलबाट लागु औषध ट्रामाडोल सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको

भक्तपुर, १४ असोज । सूर्यविनायक नगरपालिका वडा नं. ८ जगाती चोकमा होण्डा कम्पनीको अत्याधुनिक मोटरसाइकल शोरुम सञ्चालनमा आएको छ ।